खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौँडा–२ स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थीले गठन गरेको बाल क्लबले हेटौंडा–५ स्थित बालगृहलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । मंगलबार ज्ञानोदय बालबाटिकाका शिक्षक र बाल क्लबका विद्यार्थीले १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो ।

ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरले सञ्चालन गरेको हाम्रो घर बालगृहलाई आवश्यक चामल, तेल, दाल, चिउरा, विस्कुट लगायतका सामग्री सहयोग गरिएको हो । बालगृहका बालबालिकाहरु सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत छन् । बालगृहमा आवद्ध बालबालिकाले परीक्षामा राम्रो नतिजा ल्याउने गरेका छन् । सामान हस्तान्तरण गर्नुहुँदै ज्ञानोदय बालबाटिकाका एक विद्यार्थीले सबैलाई आमा–बुबाको साथ नमिल्ने गरेको जीकिर गर्नुभयो । बालगृहका संस्थापक सिताराम बर्तौलाले सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।