सांकेतिक तस्वीर ।

हेटौंडाः शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परी हेटौंडा–३, बसामाडीका २७ वर्षीय दिपेश पाण्डेको मृत्यु भएको छ । त्रिभूवन राजपथअन्तर्गत भैंसेबाट हेटौंडातर्फ जाँदै गरेको ना ६२ प ९७१५ नम्बरको मोटरसाइकल भीमफेदी गाउँपालिका–१, खोप्लाङमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पाण्डेको उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । हेटौंडा अस्पताल पुर्‍याउँदा पाण्डेलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मोटरसाइकलमा पाण्डे एक्लै सवार थिए ।