हेटौँडाः हेटौँडा–१९, बस्तिपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । सोमबार राती ११ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, बस्तीपुरमा पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख ३४३१ नम्बरको ट्रकले लेवटबाट बस्तिपुरतर्फ जाँदै गरेको बा प्र ०३–०० ४ प ४४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ठक्करबाट मोटरसाइकल चालक मनहरी गाउँपालिका–३, पालदमारका ४० वर्षीय सरोज अर्याल गम्भीर घाइते भएका छन् । घाईते अर्यालको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको छ । ट्रक चालक तनहुँ जिल्लाको देवघाट गाउँपालिका–४, पिपलटारका ३१ वर्षीय श्यामलाल गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।