दुर्घटनाग्रस्त स्कार्पियो ।

हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिकामा स्कार्पियो दुर्घटना भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९, खरङ्गामा आफै अनियन्त्रित भई स्कार्पियो पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बारा जिल्लाको निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्कार्पियो आफै अनियन्त्रित भई सडकको बायाँ पट्टी रहेको विद्युतको पोललाई ठक्कर दिई सडकबाट ५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा स्कार्पियो चालक निजगढ नगरपालिका-७ कान४५ वर्षीय धनबहादुर स्याङ्तान, उनको श्रीमती ३८ वर्षीया हरिमाया लामा, उनको छोरा १३ वर्षीय यरोश तामाङ र सोही स्थानका ३३ वर्षीय सबु लामा घाइते भएको अर्यालले जानकारी दिनुभयो। उनीहरुको मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।