शिक्षक बैंकमार्फत खटिएका शिक्षकलाई स्वागत गर्नुहुँदै हेटौँडा-१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेती।

हेटौंडाः हेटौँडा उपमहानगरले विद्यालयमा रिक्त रहेका शिक्षकको ठाउँमा गत साउन महिनादेखि शिक्षक बैंक अन्तर्गत १९ जनाको नाम सिफारिस गरिएको छ । प्राथमिकतर्फ, निम्न माध्यमिकतर्फ र माध्यमिक विद्यालयतर्फ शिक्षकहरुको नाम सिफारिस गरेका हुन् । प्राथमिकतर्फ सुत्केरी शिक्षकको सट्टा, निम्न माध्यमिकतर्फ अंग्रेजी, नेपाली, सामाजिक लगायतका विषय र माध्यमिकतर्फ विज्ञान विषयका लागि शिक्षक सिफारिस गरिएको छ ।

कालिका आधारभूत विद्यालय बाँसघारीमा गोविन्द दंगाल, बाल उज्जवल माध्यमिक विद्यालय लेवटमा फिरोज जर्गा र नम्रता नेपाल, ज्ञानदा माध्यमिक विद्यालयमा अस्मिता कार्की, अमर माध्यमिक विद्यालयमा सिर्जना कुमारी राई र सविना कुमारी विश्वकर्मा, भृकुटी माध्यमिक विद्यालयमा गंगा तिमल्सिना, विश्वज्योति आधारभूत विद्यालय चिप्लेटीमा रुपमानी रेग्मीको नाम सिफारिस गरिएको छ । राजदेवी माध्यमिक विद्यालयमा चित्रकुमारी रेग्मी, त्रिभूवन माध्यमिक विद्यालय नवलपुरमा सुनिता जम्कट्टेल, कमला आधारभूत विद्यालय दौभानचौरमा अमृता देवकोटा, कालिका आधारभूत विद्यालय नकौलीमा रेखा शाह, श्रमिक माध्यमिक विद्यालयमा जानुका भुजेल, बालज्योति माध्यमिक विद्यालय पिप्लेमा रिता न्यौपाने, जनजागृति माध्यमिक विद्यालय रातोमाटेमा सुष्मा अधिकारी, अरनिको माध्यमिक विद्यालय नेवारपानीमा सुष्मा बानियाँ, आकाशधारा पानीसारा प्राथमिक विद्यालयमा रेणुका लामिछाने, कालिदेवी आधारभूत विद्यालयमा सरस्वती घिमिरे, जनप्रिय माध्यमिक विद्यालयमा सविता घिमिरेको नाम सिफारिस गरिएको छ ।

उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा रिक्त हुने शिक्षक पदमा करारमा नियुक्ति गर्ने प्रयोजनका लागि शिक्षक बैंकमा सूचिकृत गर्न गत साउन २६ गते परीक्षा सञ्चालन गरेको थियो । विद्यालयमा शिक्षकको अभावमा नियमित पठनपाठन प्रभावित नहोस् भनी शिक्षक बैंक स्थापना गरी शिक्षक बैंकमा आवद्ध शिक्षकलाई रिक्त पदमा स्थापित गरिएको हो । उपमहानगरले गत भदौमा शिक्षक बैंकका लागि आवेदन माग गरिएको थियो । बालविकास सहजकर्ता, प्राथमिक तह, निम्न माध्यमिक र माध्यमिक तहका लागि मुख्य ५/५ वटा विषयको सुचरी तयार गर्दै आवेदन माग गरेका थिए । जसमा बालविकास सहजकर्तातर्फ ७७, प्राथमिक तहतर्फ ९५, निम्न माध्यमिक तहतर्फ ६२ र माध्यमिक तहतर्फ १६ जनाले आवेदन दिएका थिए ।

उपमहानगरले लिएको परीक्षामा बालविकास सहजकर्तातर्फ लिखित र अन्तरवार्तामा २४ जना उत्तीर्ण भएका छन् । निम्न माध्यमिक तहतर्फ वस्तुगत, लिखित र अन्तरवार्ता परीक्षामा १७ र माध्यमिकतर्फ वस्तुगत, लिखित परीक्षा तथा अन्तरवार्ता परीक्षामा १३ जना उत्तीर्ण भएका छन् । जसअनुसार विभिन्न विद्यालयको माग बमोजिम उत्तीर्ण शिक्षकको योग्यता क्रमअनुसार उपमहानगरले विद्यालयमा शिक्षकलाई सिफारिस गरिँदै आइरहेको बताएको छ । सामुदायिक विद्यालयमा रिक्त शिक्षकको अवस्थालाई मध्यनजर गर्दै शिक्षक बैंक तयार गरेका हुन् ।