Home अर्थ/व्यापार हेटौँडामा तरकारीको मूल्य घट्दै

हेटौँडामा तरकारीको मूल्य घट्दै

तरकारी बजारमा विक्रीका लागि राखिएको तरकारी ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य घटेकोे छ । स्थानिय तरकारी बजारमा आए संगै तरकारीको मूल्य घटेको हो । एक हप्ता अगाडीको तुलनामा तरकारीक भाउ घटेको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।

बुधबार बजारमा गोलभेडा, मुला, बन्दा, भाउ रुपैयाँले बढेको छ भने तितेकरेला, नयाँ आलु, घिउ सिमी, घर सिमी केराउकोसा लगाएत तरकारीको भाउ घटेको छ । यस्तै काउली, भिन्डी, लौकालगायत तरकारीको मूल्यमा कुनै पनि घटबढ भएको छैन । मंगलबार प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको गोलभेडा बुधबार ५ रुपैयाँले भाउ बढेर ८० रुपैयाँमा बिक्री भएको छ । बुधबार थोक बजारमा साग प्रतिमुठा १५ रुपैयाँ, केराउकोसा १४५ रुपैयाँ, लसुनको साग १०० रुपैयाँ, काउली ७० रुपैयाँ, धनियाँ ८० रुपैयाँ, बन्दा ३५ रुपैयाँ, घिउसिमी ८० रुपैयाँ, घरसिमी ८० रुपैयाँ, तितेकरेला १०० रुपैयाँ, मुला ४० रुपैयाँ, नयाँ आलु ५६ रुपैयाँ, लौका ४० रुपैयाँ, खुर्सानी ६० रुपैयाँ, हरियो प्याज साग ६० रुपैयाँ प्रतिकिलो विक्री भएको छ ।

यस्तै पाकेको फर्सी ४० रुपैयाँ, हरियो फर्सी ५० रुपैयाँ, गाँजर १०० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, कागती १७० रुपैयाँ, काँक्रो ८० रुपैयाँ, भन्टा ६० रुपैयाँ, भिडे खोर्सानी ८० रुपैयाँ, इस्कुस २० र भिन्डी १२० रुपैयाँ, चमसुर पालुङ्गो साग ३५ रुपैयाँ,सुप साग ३० रुपैयाँ, र पत्ता च्याउ १२० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो । स्थानिय उत्पादनको काउली, बन्दा लगाएतका तरकारीहरु अहिले काठमाण्डौ, नारायणघाट लगायतका बजारमा बिक्री गरिएको छ भने बाहिरबाट भिडे खुर्सानी, हरियो खुर्सानी, पर्वल लगायतका तरकारी आयात गरिने गरेको घिमिरेले बताउनुभयो ।

Exit mobile version