केन्द्रीय समितिले मंगलबार बिहान सार्वजनिक गरेको निर्वाचन कार्यतालिका ।

हेटौँडाः नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंसीर २८ गतेका मतदान गर्ने गरी निर्वाचन समितिले मंसीर १८ गते मंगलबार (आज) देखि नै निर्वाचनका कार्यक्रम सुरुवात हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गरेको केन्द्रीय समितिले मतदाता नामावली पनि सार्वजनिक गरेको छ ।

निर्वाचन समितिले मंसीर २१ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने समय निर्धारण गरेको छ । मंसीर २१ गते नै अपरान्ह ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवार उपरको दावी विरोधका लागि मंसीर २१ गते अपरान्ह ५ बजेदेखि मंसीर २१ गते साँझ ७ बजेसम्मको समय निर्धारण गरेको छ ।

मंसीर २२ गते बिहान १० बजेसम्म उम्मेदवारको मनोनयन फिर्ता लिने समय तोकेको निर्वाचन समितिले मंसीर २२ गते ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । निर्वाचन कार्यतालिकामा मंसीर २८ गते बिहान १० बजदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने मतदान सकिएलगत्तै मतगणनाको कार्य अगाडि बढ्ने बताइएको छ ।

केन्द्रीय निर्वाचन समितिले प्रदेश समितिको मनोनयनको मिति मंसीर २४ गते र जिल्ला शाखा तथा प्रतिष्ठान शाखाको मंसीर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन अनुरोध गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समिति प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा ७ सदस्यीय रहेको छ ।