रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः हेटौँडा–१६, हटियास्थित स्थित जनप्रिय माध्यमिक (प्राविधिक शिक्षालय) ले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शनिबार ४९औँ स्थापना दिवसको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको सभाध्यक्षता तथा वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा शुक्रबार १ सय मिटर दौड, ४ सय मिटर रिले, म्याराथन, लङ्ग जम्प, हाइ जम्पजस्ता खेलकूदका विविध प्रतिष्पर्धाका साथै कविता तथा समीक्षा लेखन प्रतियोगिता सम्पन्न गरिएको थियो । विद्यालयले आइतबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले जानकारी दिनुभएको छ ।