हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा शनिबार सबैभन्दा सस्तो तरकारीको रुपमा रायोको साग रहेको छ । शनिबार थोक बजारमा रायोको साग प्रतिमुठा २० रुपैयाँमा बिक्री भएको छ भने हरियो लसुनको साग प्रतिकिलो २०० रुपैयाँ रहेको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।
शनिबार प्रतिकेजी केराउकोसाको एक सय ५० रुपैयाँ, काउली ९० रुपैयाँ, बन्दा ५० रुपैयाँ, गोलभेँडा १०० रुपैयाँ, घिउसिमी एक सय रुपैयाँ, घरसिमी एक सय रुपैयाँ, तितेकरेला १०० रुपैयाँ, मुला ५० रुपैयाँ, आलु ७० रुपैयाँमा बिक्री भएको छ । यस्तै प्रतिकेजी लौका ६० रुपैयाँ, खुर्सानी ७० रुपैयाँ, धनियाँ एक सय रुपैयाँ, हरियो प्याज साग एक सय रुपैयाँ प्रतिकेजी, राज्मा सिमी १०० रुपैयाँ र भन्टा ५० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो । पछिल्लो समय तरकारीको माग घटेको र उत्पादन बढेसँगै तरकारीको मूल्य सामान्य घट्दै गएको छ ।