हेटौँडा उपमहानगरको फुटबल टिम ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवनको रत्ननगर नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको सेमीफाइनल खेलमा हेटौँडाले उपमहानगरपालिकाले मकवानपुरको मनहरी गाउँपालिकाको टिमलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

बिहीबार भएको सेमीफाइनल खेलमा हेटौँडाका समिरराज थोकरले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । म्यान अफ द म्याच थोकरनै घोषित भए । शनिबार हुने फाइनल खेलमा उपाधि लागि हेटौंडाले चितवनको राप्ती नगरपालिकाको टिमको सामना गर्नुपर्नेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ११ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने हेटौँडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।