हेटौँडाः दुईतले घर माथि जस्ता लगाउने काम गर्ने क्रममा लडेर हेटौँडा–१३, पदमपोखरीका ४१ वर्षीय सविन दूलालको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेको समयमा हेटौँडा–४, नेपालचोकस्थित युवराज विडारीको दुईतले घरमाथि जस्ता लगाउने क्रममा लडेर दूलाल गम्भीर घाइते भएका थिए ।
दुई तला माथिबाट खसेर टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएका दूलाललाई उपचारका लागि भरतपुर चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा बिहीबार साँझ ७ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।