हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा बिहीबार सबैभन्दा सस्तो तरकारीको रुपमा स्कुस रह्यो । बिहीबार थोक बजारमा स्कुस प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको छ भने केराउकोसाको मूल्य एक सय ४० रुपैयाँ रहेको छ ।

बुधबार प्रतिकेजी २० रुपैयाँमा बिक्री भएको स्कुस बिहीबार प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।

बिहीबार प्रतिकेजी काउली ८० रुपैयाँ, बन्दा ५० रुपैयाँ, गोलभेँडा ८५ रुपैयाँदेखि ९० रुपैयाँ, घिउसिमी एक सय रुपैयाँ, घरसिमी एक सय रुपैयाँ, तितेकरेला ५० रुपैयाँ, मुला ४० रुपैयाँ, आलु ७० रुपैयाँमा बिक्री भएको छ । यस्तै प्रतिकेजी लौका ६० रुपैयाँ, खुर्सानी ७० रुपैयाँ, धनियाँ एक सय रुपैयाँ, पर्वल ९० रुपैयाँ प्रतिकेजी, रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ४५ रुपैयाँ मुठामा बिक्री भएको घिमिरेले बताउनुभयो ।

पछिल्लो समय तरकारीको माग घटेको र उत्पादन बढेसँगै तरकारीको मूल्य सामान्य ओरालो लाग्दै गएको हेटौँडा थोक तरकारी बजारकै व्यवसायी जिभी तरकारी सप्लायर्सका प्रोप्राइटर गोविन्द दहालले बताउनुभएको छ । अहिलेको मौसमी तरकारी काउली, पर्वल, पालुङ्गो साग, बन्दा रहेका छन् ।