हेटौँडाः लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मकवानपुरगढी गाउँपालिकाले खुला कविता वाचन प्रतियोगिता गर्दैछ । मंगलबार एक सूचना जारी गर्दै मकवानपुरगढी गाउँपालिकाले मंसीर १९ गते खुला कविता वाचन प्रतियोगिता गर्ने जनाएको छ ।
“हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता” भन्ने मूल राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गाउँपालिकाले कविता प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता गाउँपालिका भित्र बसोवास गर्ने माध्यमिक तह (९–१२) र उच्च शिक्षा अध्ययनरत छात्रा विद्यार्थीहरुका लागि संचालन गर्न लागेको सुचनामा उल्लेख गरिएको छ ।
कविता लैंगिक हिंसा विरुद्ध सामाजिक सचेतना जगाउने खालको हुनुपर्ने छ । कवितामा कसैलाई लान्छना र आरोप लगाउन नपाइने, आफैंले रचना गरेको मौलिकता झल्कने खालको हुनु पर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कर कट्टी गरेर क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता मकवानपुरगढी गाउँपालिका कार्यालयको हलमा हुनेछ ।