सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, रामनगरमा यात्रुबाहक बसमा अटो ठोकिँदा घाइते अटो चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय मेन चन्द्र गुरुङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार यात्रुबाहक बसमा अटो ठोक्किँदा अटो चालक गुरुङ गम्भिर घाईते भएका थिए । घाइते गुरुङको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।