युनियनले लगाएको ताला खोल्दै ।

हेटौँडाः नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको कार्यालयमा लगाएको ताला खोलिएको छ । सदस्यको विषयमा विमति जनाउँदै नेपाल प्रेस युनियन मकवानपुरले गत साउनमा तालाबन्दी गरेको थियो ।

मंसीर २८ गतेका लागि महासंघको निर्वाचन मिति तोकिएको छ । यसअघि पनि ३ पटक निर्वाचनको मिति तोकेर महासंघको निर्वाचन हुन सकेको थिएन । नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, बागमती प्रदेश सदस्य गंगा पौडेलले बुधबार दिउँसो महासंघको ताला खोलेका हुन् । युनियन मकवानपुरका अध्यक्ष विडारीले महासंघलाई निर्वाचनको वातावरण तयार पार्न आग्रह गर्दै सदस्यतामा अन्याय गरिएको पत्रकारको पक्षमा युनियन सदैव साथमा रहेको बताउनुभएको छ ।