हेटौंडामा आज रक्तदान कार्यक्रम भएको छ । बिहान भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा भएको हो । नेपाल टेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडोको प्राविधिक सहयोग रहेको रक्तसञ्चार केन्द्र हेटौंडालेका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

हेटौंडामा शनिबार रक्तदान कार्यक्रम भएको छ । बिहान भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा भएको हो । नेपाल टेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगर कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

जिफन्ट हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षता तथा नेकपा केन्द्रीय कमिटी सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सीता लामा, जिफन्ट राष्ट्रिय परिषद् सदस्य मधुसुदन खतिवडा, बागमती प्रदेश कमिटी सचिव अर्जुन अर्यालकाको पनि आतिथ्य रहेको थियो ।