Home खेलकुद राष्ट्रपति रनिङशिल्डको उपाधि जनकल्याणलाई

राष्ट्रपति रनिङशिल्डको उपाधि जनकल्याणलाई

रनिङशिल्डको उपाधि विजेता जनकल्याण माविको टिम

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा भएको थाहा नगरपालिका अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले जितेको छ । कार्तिक २९ गते सुरु भएर मंसीर १ गते शनिबार सम्पन्न भएको सातौं संस्करणको अन्तर माविस्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि वडा–३, स्थित जनकल्याण माविले जितेको हो । उपाधि जितेको जनकल्याणले २८ वटा स्वर्ण र १० वटा रजत पदक तथा २५ हजार रुपैयाँको नगद राशि प्राप्त गर्दै उपाधि चुम्न सफल भएको हो ।

उपविजेता विजेता बनेका थाहा–९ स्थित चित्लाङको भैवर माध्यमिक विद्यालयले ८ वटा स्वर्ण, ५ रजत र १ कास्य पदकसहित १५ हजार रुपैया नगद राशि प्राप्त गरेको छ भने २ वटा स्वर्ण, ७ वटा रजत र ९ वटा कास्य पदक सहित थाहा–१ स्थित सुनौलो माध्यमिक विद्यालयले तृतीय स्थानमा चित्त बुझाउँदै १० हजार रुपैयाँको नगद राशि प्राप्त गरेको छ ।

मेयर कप भलिबल प्रतियोगितामा छात्र तर्फ स्वचछन्द भैरव माध्यमिक विद्यालय प्रथम हुँदा छात्रातर्फ मत्स्यनारायण माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै मत्स्यनारायण भैरव माध्यमिक विद्यालय छात्रतर्फ द्वितीय हुँदा नाटेश्वरी माध्यमिक विद्यालय छात्रातर्फ द्वितीय भएको छ । उपाधि विजेता १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष टिकाराम स्याङ्तानको सभाध्यक्षमा तथा थाहा नगर प्रमुख विष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो ।

Exit mobile version