बुढीचौरका किसानले टनेलभित्र फलाएको गोलभेँडा । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडाको थोक तरकारी बजारमा आज शुक्रबार बिहान गोलभेँडा र काउली प्रतिकेजी १३० रुपैयाँमा विक्री भएको छ । हिजो बिहीबार लक्ष्मीपुजा परेका कारण किसान पुजामै व्यस्त हुँदा आज तरकारी बजारमा नगन्य मात्रामा मात्रै तरकारी आएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभएको छ ।

बिहीबारको तुलना तरकारीको मूल्यमा खासै फेरबदल नभएको घिमिरेको भनाइ छ । आज काँक्रो प्रतिकेजी ६० रुपैयाँ, मुला प्रतिकेजी ४० रुपैयाँमा बिक्री भएको छ । रायोको साग प्रतिमुठा २५ रुपैयाँमा बिक्री भएको छ भने पाते च्याउ प्रतिकेजी १२० रुपैयाँमा बिक्री भएको छ ।