प्रहरीले पक्राउ परेपछि सार्वजनिक गरेका सानु (बायाँ) र तोइसाङ (दायाँ) ।

हेटौँडाः ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य सानु कुमार लामा र अर्का तोइसाङ लामा धरौटीमा छुटेका छन् । जिल्ला अदालत मकवानपुरले सानु कुमार लामालाई एक लाख रुपैयाँ र तोइसाङ लामालाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेश लगत्तै सानु र तोइसाङ धरौटी रकम बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु शर्माले जानकारी दिनुभएको छ । गत भदौ ९ गते हेटौँडा–९ स्थित नेपाल पास्ता फुड प्रालिका सञ्चालक कृष्ण प्रसाई र चित्र प्रसाईलाई कुटपिट गरेर फरार रहेका सानु लामा र तोइसाङ लामालाई कात्तिक ६ गते मंगलबार प्रहरीले पक्राउ गरेको हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका सानु कुमार लामा नेकपा एमाले मकवानपुरको युवा ईन्चार्ज समेत हुन् ।