सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–१७, हटियास्थित शिवम् सिमेन्ट उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छ ।

४ दिनदेखि ज्वरो आएर हेटौँडा अस्पतालमा उपचाररत भारतको ईलाहावादका २८ वर्षीय डाक्टर वनबासीको मंगलबार रातती साढे १ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ठेकदार मार्फत मजदुरी गर्दै आएका वनबासीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । वनबासीको शव हेटौँडा अस्पतालमै रहेको प्रहरीले जानकारी दिएको छ ।