हेटौँडाः लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एकजना अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतले २०८० साल साउन १४ गते लागूऔषध खैरो हेरोईन मुद्दामा ७ महिना २६ दिन कैद तोकिएका हेटौँडा–४ का समर भन्ने टेकनाथ न्यौपानेलाई प्रहरीले आइतबार हेटौँडा–१० बसपार्कबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले न्यौपानेलाई जिल्ला अदालतमा बुझाइएको जनाएको छ ।











