Home मुख्य समाचार लागुऔषध मुद्दामा फरार टेकनाथ पक्राउ

लागुऔषध मुद्दामा फरार टेकनाथ पक्राउ

प्रहरीले पक्राउ गरेका टेकनाथ न्यौपाने ।

हेटौँडाः लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एकजना अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला अदालतले २०८० साल साउन १४ गते लागूऔषध खैरो हेरोईन मुद्दामा ७ महिना २६ दिन कैद तोकिएका हेटौँडा–४ का समर भन्ने टेकनाथ न्यौपानेलाई प्रहरीले आइतबार हेटौँडा–१० बसपार्कबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले न्यौपानेलाई जिल्ला अदालतमा बुझाइएको जनाएको छ ।

Exit mobile version