रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः जेसीआई हेटौँडाको जेसीज सप्ताहअन्तर्गत बिहिबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौडा–४, हुप्रचौरमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

जेसीआई हेटौँडाका अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । जेसीज सप्ताहअन्तर्गत बुधबार हेटौँडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।