सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको खैरहनी नगरपालिका–६, पुरानो पर्सामा उपचारको क्रममा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्लाको फलेवास नगरपालिका–३, कार्कीटोल घर भई हाल खैरहनी नगरपालिका–५, बुडौलीमा डेरा गरी बस्ने ४१ वर्षीया तुलसी कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार कार्की स्थानीय चौधरी मेडिकलमा फलोअपमा उपचार गर्दै आएकी थिइन् । कार्कीलार्ई एक्कासी श्वास प्रश्वासमा समस्या भई डाक्टरले ईन्जेक्सन लगाएपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उपचारका क्रममा लापरबाही भएर कार्कीको मृत्यु भएको भन्दै आफ्न्तले मेडिकल तोडफोड समेत गरेका थिए । मंगलबार आफन्तलाई क्षतिपूर्ति दिने सहमति भई मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।