मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर बुधबार एकजनाको मृत्यु भएको छ । ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी लिपानीका ३६ वर्षीय किताब सिं घिसिङको भीरबाट लडेर मृत्यु भएको हो । कुलेखानीबाट घरतर्फ जानेक्रममा भिरको गोरेटोबाट खसेर घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो । भिरको गोरेटोबाट अन्दाजी १० मिटर तल घिसिङको शव फेला परेको थियो । घिसिङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।