स्व. रुपकराज बज्राचार्य ।

हेटौँडाः हेटौँडाका व्यवसायी रुपकराज बज्राचार्यको निधन भएको छ । सुनचाँदी व्यवसायी संघ मकवानपुरको अर्थ लेखा समितिका संयोजक समेत रहनुभएका बज्राचार्यको ५८ वर्षको उमेरमा हृदयघातका भई मंगलबार चितवनमा निधन भएको हो ।

दसैं बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण रहनुभएका बज्राचार्यलाई मंगलबार बिहान हृदयघात भएको थियो । हृदयघातपछि उपचारका लागि चितवनस्थित अस्पतालमा उपचारको क्रममा बज्राचार्यको मंगलबार दिउँसो मृत्यु भएको सुनचाँदी व्यवसायी संघको बागमती प्रदेश समिति अध्यक्ष ज्योतिरत्न बज्राचार्यले जानकारी दिनुभयो । हेटौँडा–१ निवासी बज्राचार्यको बुधबार दिउँसो हेटौँडाको राप्तीतटमा अन्त्येष्टी गरिने बताइएको छ । बज्राचार्य व्यवसायसँगै विभिन्न सामाजिक संघ, संस्थामा समेत आवद्ध हुनुहुन्थ्यो ।