हेटौंडा बुद्धचोकमा महिला अधिकारकर्मी सहित सुस्मिताकी आमा


हेटौंडाः हेटौंडा–४, कर्राको सुस्मिता हत्याकाण्डका अभियुक्त ४ जनालाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आज आदेश गरेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र नन्द दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

अब उनीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर घटनाको अनुसन्धान गरिने भएको छ । आज न्यायाधीसको आदेश सुस्मिताको पक्षमा भएको भन्दै महिला अधिकारकर्मी सहित सुस्मिताको आमा लागयतले जिल्ला अदालत मकवानपुरबाट हेटौंडाको बुद्धचोकमा ¥याली निकालेका थिए । बुद्धचोकमा उभिएर सुस्मिताकी आमाले नागरिक समाज, टोल विकास संस्था तथा विभिन्न अधिकारकर्मीहरुको सहयोग भएकोमा सबैलाई सम्झिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले हिजो भएको थुनछेकको बहसको आदेश आज न्यायको पक्षमा भएको भन्दै आमाको वेदना आमाले नै बुझ्ने बताउनुभयो । उहाँले अब सुस्मिताको न्यायको फैसला हुन २ चार महिना लागेपनि अदालतको फैसला कुर्ने बताउनुभयो । त्यस्तै सम्पूर्ण महिला अधिकारकर्मी तथा न्यायका लागि अदालत परिसरमा आफै आउनुभएका महिलाहरुमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।