सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको बागमती गाउँपालिका–१ स्थित चिरुवा खोलामा डुबेर १३ वर्षीया रुविना तामाङको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा रुविनासहित ३ जना पौडी खेल्न चिरुवा खोला गएका थिए ।

ललितपुर जिल्ला घर भई हाल बागमती गाउँपालिका–१, हात्तीढुंगास्थित मामाघरमा बस्दै आएकी रुविनाको खोलामा डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । रुविनाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।