हेटौंडाः बाराको कोल्हवी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट कोहल्वी–२ स्थित पुरानो काँटाका ६३ वर्षीय हस्तबहादुर थोकरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार सोमबार बिहान घाँस काट्न जङ्गल गएका बेला थोकरलाई हात्तीले आक्रमण गरेका थिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि प्रवक्ता सापकोटाले बताउनुभयो ।











