हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले एन्फा एकेडेमीका दिवंगत ६ जना खेलाडीलाई सम्झिएको छ । असोज १२ गतेको भारी वर्षाका कारण सिस्नेरीको पहिरोमा परेर निधन भएका ६ खेलाडीहरुको स्मृतिमा संघले हेटौंडा–४ स्थित हुप्रचौरमा दीप प्रज्ज्वलन गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको १४ वर्ष उमेर समूहको एकेडेमीमा रहेका हेटौंडाका अनुपम घलान, सिस्नेरीका दिवस बानियाँ, मकवानपुरगढीका साइमन योञ्जन, सर्लाहीका आदित्य बलम्पाखी, बाराका विकल रेग्मी र काठमाडौंका प्रियान्स आचार्यको पहिरोमा परी मृत्यु भएको स्मरणमा दीप प्रज्ज्वलन गरिएको संघका महासचिव छवी सुवेदीले जानकारी दिनुभएको छ ।

श्रद्धाञ्जली सभामा बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, एन्फा मकवानपुरका फुटबल प्रशिक्षक विजयलाल श्रेष्ठको उपस्थिति