निर्धारित दुरी पार गरेका खेलाडीलाई सहयोग गर्दै आयोजक ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजना तथा वडा खेलकुद विकास समितिको सहकार्यमा एथ्लेटिक्सतर्फका खेलहरु सम्पन्न भएका छन् । शनिबार पुरुष दौड, महिला दौड र महिला डोरी तान्ने प्रतियोगिता भएको हो ।

एथ्लेटिक्सतर्फका संयोजक जय थापाका अनुसार तेस्रो कमाने दौडमा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट २२ सेकेन्डमा पार गर्दै युवातर्फ जेयल गुरुङ प्रथम, २१ मिनेट २३ सकेन्डमा पार्दै गर्दै समल लामा द्वितीय र २१ मिनेट ३९ सेकेण्डमा पार गर्दै सियान पराजुली तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्ष उमेर माथि समुहका पवन अधिकारीले २४ मिनेट ४८ सकेण्डमा दुरी पार गर्दै प्रथम, २६ मिनेट १६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै शुक्रराज खत्री द्वितीय र २६ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै नवराज पौडेल तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा २८ जना सहभागी भएका थिए ।

महिलातर्फको दौडमा सहभागी प्रतियोगीहरु ।

यस्तै महिला दौडमा सिर्जना स्याङ्तान प्रथम, निश्मा थापा द्वितीय र सरस्वती थिङ तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः ६ हजार, ४ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला दौडमा ३० जना सहभागी भएका थिए । यस्तै महिला डोरी तान्ने प्रतियोगितामा फायरलाइन किरणचोक प्रथम भएको छ । नमुना मेनरोड टोल विकासलाई हराउँदै फायरलाइन प्रथम भएको हो । प्रतियोगितामा १० वटा टोल विकास समितिका टिमहरुको सहभागिता थियो । प्रतियोगिताको प्रथम टिम फायरलाइनले ५ हजार र द्वितीय नमुनाले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको समापनपछि पुरस्कार वितरण गरिने जनाएको छ । वडाध्यक्ष कप फुटबल प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

डोरी तान्ने प्रतियोगितामा प्रतिस्पर्धा गर्दै ।