हेटौंडा–४, पारिजातपथमा हेयर एण्ड शान्ति युनिसेक्स सैलुन सञ्चालमा आएको छ । हेटौंडामा सञ्चालनमा आएको भारतीय ब्राण्ड ‘हेयर एण्ड शान्ति’ को फ्रेन्चाइज सैलुन नेपालकै पाँचौं सैलुन हो । यसअघि हेयर एण्ड शान्तिको फ्रेन्चाइज सैलनु काठमाडौमा ३ वटा र नारायणघाटमा एउटा सञ्चालनमा रहेको हेटौंडामा सञ्चालनमा आएको हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका संचालक बिन्दु प्रधानले जानकारी दिनुभएको छ ।
करिब ७५ लाख रुपैयाँ लागतमा संचालनमा आएको सैलुनमा अन्तर्राष्ट्रिय ब्राण्डका सामानहरु विक्री गरिने पनि जनाइएको छ । सैलुनमा ८ जनाले रोजगारी पाएका छन् । सैलुनमा भारतीय दक्ष हेयर डिजाइनरहरु समेत रहेको प्रधानले बताउनुुभयो । सैलुनमा हेयर कट, हेयर स्पा, फेसियल, मेडिकेयर, पेडिकियर, हेयर कलरका साथै नेल आर्ट, नेल एक्सटेन्सन, मेकअप र वाक्सिङको सेवा उपलब्ध हुने प्रधानले बताउनुभएको छ ।