सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको चितवन जिल्लामा एकैदिन २ जना मृत फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२६, हिरापुर नजिक नारायणी नदिमा एक जना पुरुषको शव फेला परेको छ । सोमबार नारायणी नदिमा हाल नामथर नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

यस्तै भरतपुर महानगरपालिका–१, देवघाटमा एक जान वृद्ध मृत फेला परेका छन् । सोमबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा रामकुटी अगाडिको चौतारीमा अन्दाजी ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । वृद्धको परिचय खुल्न नसकेको प्रहरीले उल्लेख गरेको छ ।