हेटौँडाः एन्फा सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौंडा ल्याइएको छ । सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा सञ्चालित एकेडेमीमा आवद्ध ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइएको हो ।
शनिबार सिस्नेरीमा पहिरोमा परेर एकेडेमीका ६ जना विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा जिल्लाको निजगढका विकल रेग्मीको शव हेटौँडा ल्याइएको हो । उनीहरुको शव काठमाडौंबाट हेलिकप्टरमार्फत हेटौंडा ल्याइएको हो ।
शव हेटौँडा ल्याएपछि जिल्ला खेलकुद विकास समिति मकवानपुरले श्रद्धाञ्जली सभा गरेको छ । हेटौंडाको हुप्रचौरमा ३ वटै शव राखेर श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली सभापछि तीनवटै शव परिवारले बुझेर लगेका छन् ।