हेटौंडा सामुदायिक आँखा अस्पताल ।

हेटौँडाः बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले बिहिबार हेटौँडा सामुदायिक आँखा अस्पताल निरीक्षण गर्नु भएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालले प्रदान गर्दै आएको सेवाहरु र आगामी योजनाहरुको बारेमा मन्त्री थापाले चासो राख्नु भएको थियो ।

बागमती प्रदेश भित्र प्रभावकारी आँखा स्वास्थ्य सेवा पुर्याउनका लागि आफू लागी रहेको, यसका लागि तिलगंगा आँखा प्रतिष्ठानसँंग पनि सहकार्य गर्ने कार्यक्रम रहेको बताउनु भयो । पूर्व यातायात एवम् खानेपानी मन्त्री एका लाल श्रेष्ठले हेटौँडा सामुदायिक आँखा अस्पताल यस क्षेत्रको महत्व भएकोले यसको सहयोगका लागि सबैको सहकार्य गर्नु पर्ने बताउनु भयो । वरिष्ठ नेत्रस्वास्थ्य विशेषज्ञ मोहिनी श्रेष्ठ र व्यवस्थापक सुधिर श्रेष्ठले अस्पतालको गतिविधि बारेमा जानकारी गराउनु भएको थियो । अस्तपाल भ्रमण पश्चात तिलगंगा आँखा प्रतिष्ठानको बसामाडीमा निर्माणाधिन फ्रेडहोलोस ईन्ट्राअकुलर लेन्स लेब्रोटोरीजको पनि मन्त्री थापा मगर एवम् पूर्व मन्त्री श्रेष्ठले अवलोकन गर्नु भएको थियो ।