सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, कमलनगरमा एकजना मृत भेटिएका छन् । भरतपुर–३ स्थित बन्दिपुर बजारको गेटमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो २ बजेको समयमा मुखबाट फिँज काटिरहेको अवस्थामा उद्दार गरी भरतपुर अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरिदिएको बताइएको छ ।