Home कला चिठ्ठी लेखनमा जीएस निकेतनकी राशिका प्रथम

चिठ्ठी लेखनमा जीएस निकेतनकी राशिका प्रथम

चिठ्ठी लेखन प्रतियोगितामा सहभागी एक विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडाः १७औं पुस्तकालय दिवसको अवसरमा साहित्य संगम मकवानपुर र पुष्पलाल स्मृति पुस्तकालयको संयुक्त आयोजनामा भएको चिठ्ठी लेखन प्रतियोगितामा हेटौँडा–५ स्थित जीएस निकेतन माविकी राशिका खनाल प्रथम हुनुभएको छ । साहित्य संगमले आइतबार नतीजा सार्वजनिक गरेको हो ।

पछिल्लो समय आफूले पढेका पुस्तकको समीक्षासहित मिल्ने साथीलाई चिठ्ठी लेखन प्रतियोगितामा हेटौँडा–१८ हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयकी युनिशा खड्का द्वितीय, हेटौँडा–१० स्थित सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमीका सचिनकुमार यादव, हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीकी आँचल सुवेदी तृतीय हुनुभएको छ । हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी प्रज्वलिता चापागाई सान्त्वना हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई असोज १२ गते हुने नियमित साहित्य सन्ध्याको अवसरमा पुरस्कृत गरिने साहित्य संगम मकवानपुरले जनाएको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका १३ विद्यालयमा ८ कक्षादेखि १० कक्षासम्म अध्ययनरत २५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

Exit mobile version