Home मुख्य समाचार अस्पतालमा उपचाररत विरामीको मृत्यु, परिचय खुलेन, आफन्त भेटिएन

अस्पतालमा उपचाररत विरामीको मृत्यु, परिचय खुलेन, आफन्त भेटिएन

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित भरतपुर अस्पतालमा उपचाररत एकजना विरामीको मृत्यु भएको छ । चितवनकै रामपुर घर बताउने अन्दाजी ३३ वर्षीय पुरुष श्वास फेर्न गाह्रो भई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा उपचाररत थिए ।

शनिबार राती साढे १२ बजेको समयमा उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मृतकको परिचय नखुलेको र आफन्त पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Exit mobile version