हेटौँडाः नुवाकोट जिल्लाको ककनी गाउँपालिका–३, बालुवाखोलामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । ककनी–३, चुह्याङटोलका ४२ वर्षीय मानबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार बिहान ८ बजेको समयमा भीरबाट लडेर मानबहादुरको मृत्यु भएको भनी प्रहरीलाई खबर प्राप्त भएको बताइएको छ । प्रहरीले शवको मुचुल्कापश्चात पोष्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाएको जनाएको छ ।
