हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय प्रधानाध्यापक (प्रअ) गोष्ठी सम्पन्न भएको छ । जिल्लाका करिब एक सय सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकको सहभागितामा शुक्रबार गोष्ठी भएको हो ।

विद्यालयहरुमा रेडक्रसलाई अभियानको रूपमा सञ्चालन गरी जुनियर÷युवा रेडक्रस सर्कल गठन तथा पुनर्गठन गर्ने, जिल्लास्तरीय जुनियर÷युवा कोष निर्माणका लागि सहयोग अभियान सञ्चालन गर्ने, पालिकास्तरीय प्राथमिक उपचार तथा बिपद् व्यवस्थापनलगायत विभिन्न तालिमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय शिक्षक नायक गोष्ठी तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन गर्नेलगायतका ६ वटा विषयमा महत्वपूर्ण छलफल भई निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिवहरि दाहालले जानकारी दिनुभयो ।

रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर÷युवा समितिका संयोजक शिवहरि दाहालको अध्यक्षता तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान एवम् रेडक्रस सोसाइटी बागमती प्रदेश अध्यक्ष भोला रुपाखेतीको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा मकवानपुर शाखा सभापति लालबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरी, नेरेसो बागमती प्रदेश सदस्य एवं जिल्ला शाखाका उपसभापति खेमराज सापकोटा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, जिल्ला शाखाका मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष किशोर बर्तौला, उपकोकोषाध्यक्ष मंगल रखाल, सदस्य पिताम्बर बास्तोला, कृष्ण बहादुर सापकोटा, नारायण तिमल्सिना, ईश्वर पण्डित, सुन्तलीमाया चेपाङ्ग, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा, जिल्ला जुनियर÷युवा समिती सदस्यहरु बालकुमार श्रेष्ठ, हिक्मत श्रेष्ठ, कृतिका लौडारी, बिष्णुहरि मिश्र, आमभन्ज्याङ्ग उपशाखाका सभापति नानीराम तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।