नवनिर्वाचित कार्यसमितिको तस्वीर ।

हेटौंडाः जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ साधारणसभा सम्पन्न भएको छ । बिहीबार मकवानपुरगढीको मक्रान्चुलीमा नयाँ कार्यसमिति चयन गर्दै साधारणसभा सम्पन्न भएको हो ।

सहकारीको शाखा कार्यालय हेटौडा–१७, हटियामा भदौ २९ गते साधारणसभा गरिएको थियो । कार्यक्रममा संस्था अध्यक्ष कल्पना श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले आर्थिक वर्ष २०६०/०६१ देखि २०८०/०८१ सम्मको आफ्नो कार्यकालको समयमा गरेको कामको उपलब्धीहरु प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ सम्म सहकारीमा ३ हजार २ सय ६७ जना सेयर सदस्य रहेका छन् । कुल बचत रकम १५ करोड ७१ लाख ७ सय ५१ रुपैयाँ रहेको छ । सहकारीको सेयर एक करोड ९४ लाख ५१ हजार ९ सय रुपैयाँ बराबरको रहेको छ । यस्तै, ऋण लगानी १२ करोड २३ लाख १ हजार ६ सय ६६ रुपैयाँ छ । नाफा ३३ लाख ६१ हजार ४ सय १८ रुपैयाँ, सहकारीको कुल सम्पत्ति २० करोड ४४ लाख ५२ हजार ७ सय ६४ रुपैयाँ, संस्थागत पुँजीतर्फ एक करोड १४ लाख ४५ हजार ७ सय ४४ रुपैयाँ रहेको छ । एकजना सेयर सदस्य बराबर अधिकतम ऋण लगानी २० लाख गरिएको छ ।

सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ताहरू, जेष्ठ सदस्यहरू, कर्मचारीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको थियो भने आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन सहकारीकी सचिव सरिता विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो । यस्तै, आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट सहकारीकी कोषाध्यक्ष अप्सराकुमारी ढकालले प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा नयाँ कार्यसमिति चयन भएको छ । सहकारीको अध्यक्षमा शत्रुघन दुलाल सर्वसम्मत चयन हुनुभएको छ । सचिवमा सरिता विश्वकर्मा, कोषाध्यक्षमा सुभद्रा तिमल्सिना लामिछाने चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा सावित्रीदेवी तिमल्सिना, शर्मिला पाख्रिन, रेणुका गिरी, रामहरि खतिवडा, सोबिता पौडेल दाहाल चयन हुनुभएको छ भने लेखा समितितर्फ संयोजकमा कल्पना सापकोटा तथा सदस्यमा सन्तोषी श्रेष्ठ र विदुर हुमागाईं सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकासमन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्य तथा अध्यक्ष श्रेष्ठको सभाध्यक्षता थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, जिल्ला बचत तथा ऋण सहकारी संघका वीरेन्द्रप्रसाद ढुङ्गाना, राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख रामेश्वर अर्यालको विशिष्ट अतिथ्य रहेको थियो । विभिन्न विद्यालय, संघसंस्था, वडा अध्यक्ष, वडा सदस्य, टोल विकास अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।