हेटौंडाः मकवानपुरमा शुक्रबार १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार १० जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ९ जना बासिन्दा रहेका छन् भने एक जना अन्य जिल्लाको रहेका छन् ।
चालु आर्थिक वर्षको साउन महिनायता जिल्लामा ३ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु पुष्टि हुनेमा एक सय ९० जना पुरुष र एक सय ९० जना महिला रहेको तथ्याङ्क छ ।