हरि प्रसाद लम्साल

हेटौँडाः बागमती प्रदेशका प्रमुख सचिवमा हरि प्रसाद लम्सालको सरुवा गरिएको छ । प्रमुख सचिवको जिम्मेवारीमा रहेका गोविन्द बहादुर कार्कीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेर मन्त्रिपरिषद बैठकले लम्साललाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको हो ।

बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले केही अगाडी मात्र सचिवमा बढुवा भएका कार्कीको सरुवा गरेको हो । बैठकले सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका लम्सालाई बागमती सरुवा गरेको हो ।

कार्की गत बैशाख १० मा प्रदेशको निमित्त प्रमुख सचिवको रुपमा जिम्मेवारी लिएर आउनुभएका थिए । सचिव कार्कीको ६ महिना पुरा हुन नपाउँदै सरुवा गरिएको हो ।