फाइल तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्ला साईक्लिङ संघले हेटौँडामा एकदिने आधारभूत साईकल चलाउने तालिमको आयोजना गर्ने भएको छ । हेटौँडा राईडर्स क्लबको सहयोगमा संघले आगामी असोज ५ गते शनिबार तालिम आयोजना गर्न लागेको मकवानपुर साईक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिनुभयो । तालिममा ७ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई सहभागी गराईने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार साईकल चढ्नु स्वास्थ्यका लागि उचित भएको र अब साईक्लिङको सिजन पनि सुरु भएकाले कार्यक्रमको आयोजना गर्न लागिएको हो । विशेषगरी मोवाईल लगायतका डिजिटल डिभाईसको लतमा अल्झिरहेका भाइबहिनीलाई छुट्कारा दिलाउन पनि साईकल तालिमले टेवा पुग्ने उहाँको भनाई छ । सही तरिकाले साईकल नचलाँउदा, ढाड–कम्मर, घुँडा दुख्ने लगायतका स्वास्थ्य समस्या निम्तिने भएकाले कसरी सुरक्षितरुपमा साईकल चलाउने भन्ने प्राविधिक पक्षलाई तालिममा सिकाईने उहाँले बताउनुभयो । नेपाल साईक्लिङ संघ काठमाडौंकी प्रशिक्षक लक्ष्मी मगरले सहभागीहरुलाई प्रशिक्षण दिनुहुने छ ।