हेटौंडा: बाराको निजगढमा श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । निजगढ नगरपालिका–९ स्थित भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमलकुमार बस्नेतले हिजो साँझ ७ः४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन् । बस्नेतले घाटी, खुट्टा र हात लगायतका अंगहरुमा पटक पटक प्रहार गरी गम्भिर घाईते बनाएका लक्ष्मीको उपचारको क्रममा ८ बजे र १५ मिनेटमा मृत्यु भएको निजगढ प्रहरीले जानकारी दिएको छ ।
बुवा आमाको झगडा छुटाउने क्रममा दुई छोरी समेत घाईते भएका छन । छाोरीहरु १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बाया हातमा चोट लागेको ईलाका प्रहरी कार्यलय निजगढले जनाएको छ । उनीहरुलाई सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि बिरगज पठाईएको छ ।
प्रहरीका अनुसार घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने बिषयमा सुरु भएको विवादले उग्ररुप लिएको थियो । श्रीमतीले घरमा जडान गरेको इन्टरनेटमा रकम नहुदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुईबिच भनाभन भएको थियो । मदिरामा लटठ श्रीमानले शौचालयमा रहेकी श्रीमतीलाई शौचालयमानै गई नजिकै रहेको खुर्पाले पटक पटक श्रीमतीलाई प्रहार गरेका थिए । बस्नेतलाई प्रहरीले खुर्पा सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।