हेटौँडाः धादिङ जिल्लाको गल्छी गाउँपालिका–४, बिरुवाटार सोती खोल्सामा भिरबाट लेडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय ठुलो कान्छा बिसुन्के रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार साँझ ५ बजेको समयमा बिसुन्के गल्छीबाट पैदल कार्कीडाँडा जाने भित्री सडक खण्डको भिरबाट ५० मिटर तल खसी मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको प्रहरीले जानकारी दिएको छ ।