हेटौँडाः धादिङ जिल्लाको थाक्रे गाउँपालिका–४ स्थित थकममा अरिङ्गालले चिल्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली मरिण गाउँपालिका–४ घर भई हाल थाक्रे–२ स्थित समानटारमा डेरा गरी बस्ने ३१ वर्षीय सोमलाल घिसिङ रहेका छन् ।

थकमस्थित स्थानीय जङ्गलमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले चिल्ला घिसिङ गम्भीर घाइते भएका थिए । घाइते घिसिङको बिहिबार बिहान ११ बजेर ५० मिनेटको समयमा काठमाडौंस्थित वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।