हेटौँडाः मकवानपुरको बागमती गाउँपालिका–४, चौरादोभानस्थित बागमती खोलाको बीच बगरमा महिलाको शव बरामद भएको छ । सोमबार साँझ ५ बजेर २० मिनेटको समयमा अन्दाजी २५ वर्षीया महिलाको शव बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।
महिलाको पहिचान भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।