हेटौँडाः निम्बार्क वैष्णव परिषद् मकवानपुरको तदर्थ समिति गठन भएको छ । हेटौँडा–८, कमानेस्थित राधाकृष्ण मन्दिरको सभाहलमा शुक्रबार भएको बैठकले जनार्दन दुलालको अध्यक्षतामा नौं सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा उमा ढुंगेल सचिवमा बालकृष्ण न्यौपाने र कोषाध्यक्षमा चैतन्य कृष्ण लामा चयन हुनुभएको छ । यस्तै सहसचिवमा रमा पोखरेल सदस्यमा कृष्णप्रसाद पौडेल, केशव दाहाल, नारायण प्रसाद निरौला, रमा घिमिरे चयन हुनुभएको छ । भेलाले कालिन्दी शर्मा घिमिरे र जिवराज बख्रेललाई सल्लाहकार चयन गरेको छ ।

भेलाले निम्बार्क बैष्णव द्वितीय राष्ट्रिय महासम्मेलनमा सहभागिता जनाउने पनि निर्णय गरेको छ । आगामी मंसिर ५ गतेदेखि ८ गतेसम्म देवघाटधाममा आयोजना गरिने चतुर्दिवसीय सम्मेलनमा सहभागिता जनाउने निर्णय भएको हो ।