हेटौँडाः राष्ट्रिय दलित समाज कल्याण संघ मकवानपुरको अध्यक्षमा पुनः राजकुमार सिलवाल चयन हुनुभएको छ । शुक्रबार हेटौँडा–१० स्थित अखण्ड हरिकीर्तन मन्दिरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिलवाल पुनः सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
सिलवालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कृष्णहरि परियार, सचिवमा मालती बिक र कोषाध्यक्षमा रञ्जित रम्तेल चयन हुनुभएको छ । यस्तै सदस्यमा रामशरण विक, प्रशान्त सुनार, रविना विक, सरिना घतानी, कमला सुर्खेती, शारदा घतानी र प्रकृति परियार चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । अधिवेशनले तीन जना सल्लाहकारहरुमा जंग बहादुर विक, सुनिता दर्नाल र रुपक कालीराजलाई मनोनयन गरेको छ ।
अधिवेशनलाई सम्बोधन गर्नुहुँदै संघका केन्द्रीय उपाध्यक्ष मन बहादुर विकले सबै दलितहरु संगठित हुन आवश्यक रहेको बताउनुभएको छ । अझै पनि समाजमा केही दलितलाई विभेद गर्न परम्पराको अन्त्य भइनसकेको भन्दै उहाँले सबै एकता हुन आवश्यक रहेको बताउनुभयो । राज्यमा भएका ठुला जनआन्दोलनमा दलित समुदायको पनि महत्वपुर्ण भुमिका रहेको भन्दै उहाँले राज्यले यस समुदायलाई उत्थान गर्न आवश्यक रहेको बताउनुभयो ।
यस्तै संघ बागमती प्रदेश समितिका उपाध्यक्ष जंग बहादुर विकले आर्थिक, सामाजिक र राजनैतीक रुपमा दलितको अवस्था हटाउन आवश्यक रहेको बताउनुभयो । अझै पनि यस समुदायलाई हेर्ने सोच परिवर्तन राज्यले दलित अवस्था हटाउनुपर्ने उहाँको भनाई छ ।